दुर्घटनामा परी ९ भारतीय सैनिकको मृत्यु
नयाँ दिल्ली | भदौ ३, २०८०
भारतको लद्दाखमा शनिबार भएको एक सवारी दुर्घटनामा परी ९ जना भारतीय सैनिकको मृत्यु भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार सैनिकहरू चढेको गाडी शनिबार दिउँसो पौने ५ बजेतिर अनियन्त्रित भएर सडकबाट खोंचमा खसेको थियो।
लेहबाट आएको उक्त सैनिक गाडी न्योमा क्षेत्रमा दुर्घटनामा परेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

